समाचार

प्रदेश २ सरकारले मिडिया विरोधी प्रावधान सच्याउने

काठमाडौं । प्रदेश २ सरकारले मिडिया विरोधी प्रावधान सच्याउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गर्दै संचारकर्मी र संचारमाध्यमलाई अप्ठेरा पर्ने प्रावधान सच्याइने प्रतिवद्धता जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश संसद्मा विचाराधीन संचार सम्बन्धी विधेयकका केही प्रावधानप्रति संचारकर्मी मित्रहरुले असहमति र अस्वीकारोक्ति व्यक्त गर्नुभएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रको महत्वपूर्ण आधार प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार अध्यधिक सकारात्मक र संवेदनशील रहँदै आएको यहाँहरुलाई सर्वविदितै छ ।’
 

nema
Show More

Related Articles

Back to top button