समाचार

के.पी शर्मा ओली प्रधानमन्त्री भएपछि ५ औ पटक पेट्रोलिय पदार्थमा मुल्यबृद्धि

२०, जेष्ठ काठमाडौैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि ५ औैँ पटक पेट्रोलिय पदार्थमा मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमको सञ्चालक समिति बैठकले शनिवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ मूल्य बढाएको हो ।
त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले जानकारी दिनुभयो । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशनले हिजो नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ । खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन । यो मूल्यवृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको गोइतले जानकारी दिनुभयो । निगमले यो घाटा पूर्ति गर्न आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाउँदा अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलर बढाएको गोइतले जानकारी दिनुभयो । आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा समायोजन गर्दै आएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button