breakingसमाचारविचारवी पी विचार

पूर्वमन्त्री जोशीद्धारा सङ्घीय चुनावमा उठ्ने घोषणा

दमौली, २१ साउन


नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले मंसिर ४ गते हुने संघीय चुनावमा उम्मेदवार हुने घोषणा गर्नु भएको छ । सो कुरा नेता जोशीले शनिबार दमौलीमा आयोजित नेपाली काँग्रेस स्वतन्त्र अभियानको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै घोषणा गर्नु भएको हो ।


स्थानीय तहको निर्वाचनमा आफ्नो स्वतन्त्र समुहले प्राप्त गरेको मतले नै आफूले चुनाव जिप्ने जोशीको दाबी थियो । विकास अबरुद्ध भएको र जनतालाई ढाट्ने काम भएकोले आफू चुनाव उठ्ने उहाँले बताउनुभयो । ‘जनतालाई पनि ढाट्ने कुराको सिमा हुन्छ, कुनै अस्पताल बन्ने भयो कि, नयाँ बाटो बन्ने भयो ? केही गर्न नसक्नेले तनहुँको विकासको जिम्मा लिन्छु भन्दा पत्याउने कि नपत्याउने ? नेता जोशीले भन्नुभयो । ‘स्वार्थी, अहम्वादी तत्वको पराजयको लागि आउने निर्वाचनमा मेरो उम्मेदार आवश्यक छ भन्ने ठानेर यो चुनावमा मैले उम्मेदवारी दिने निर्णय गरेको छ’ नेता जोशीे भन्नुभयो । ३० वर्ष सम्म जनतालाई ढाँटिएको उहाँको भनाई थियो । दमौली अस्पतालमा इमरजेन्सी कक्षमा जाँदा शौचालयमा गएको अनुभूति भएको आदिकवि भानुभक्त क्याम्पसलाई स्थायी बनाउन नसकिएको जोशीले बताउनुभयो । लौटी, आफ्नो मान्छेलाई उपयोग गर्ने एउटा नगरपालिका पनि राम्रोसँग विकास हुन नसकेको नेता जोशीले बताउनुभयो । सबै वडामा पहिले देखि नै तयारी गरियो भने चुनाव जिप्न सजिलो हुने भएकोले अहिले देखि नै तयारीमा लाग्न नेता जोशीले कार्यकर्तालाई आग्रह गर्नुभयो । सिदापनले गर्दा धोका भएको र राम्रो मान्छेले टिकट नपाएकोले विद्रोह गरी ‘आफ्नो टिकट आफै लिउँ र योग्य व्यक्तिलाई जिताऔं भन्ने अभियान आफूले थालेको उहाँले बताउनुभयो । काँग्रेस रसिदको आधारमा हैन व्याहार, सिद्धान्त, र आर्दशको आधारमा हुने हो जोशीको भनाई थियो अहिले कसैसँग तालमेल नभएको र नहुन पनि सक्ने भएकोले एक्लै लड्ने तयारी गर्न पनि जोशीले कार्यकर्तालाई आग्रह गर्नुभयो । १० जना मान्छे लिएर तनहुँमा काँग्रेसको संगठन गरेकोले राम्रो कार्यगर्दा साथ मिल्दै जाने उहाँको भनाई थियो । आर्दश, निष्ठा, सिद्धान्तलाई पु¥याउन सके कार्यकर्तामा परिवर्तन गर्न पनि उहाँले आग्रह गर्नुभयो । गणतन्त्र आएपछि नेताको विरुद्ध आवाज उठाउँदै आएको र मंहगी व्यापक बढेको जोशीले बताउनुभयो । पाटी अफिसमा गए कसको मान्छे आयो भनेर हेर्ने गरिएको भन्दै उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यो विजयी प्राप्त मेहनत र परिश्रम गरिदिनु भयो भने । प्रतिकुल अवस्था हुँदा हुँदै पनि । यो चुनावले विजय प्राप्त गर्न सकियो नेपालको प्रजातन्त्रको आन्दोलमा तनहुँको भूमिका हुने छ । पार्टीले सदस्यता नदिने, पार्टीले टिकट नदिने , स्थानीय र एकलौटी गर्ने, प्रशासन प्रयोग गरेर मनपरी गर्ने गरिएकोले विद्रोह गर्नु परेको जोशीको भनाई थियो । कार्यक्रम अभियानका संयोजक तथा बीपी विचार समाजका सभापति हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरी, समाजसेवी शुकुमलाल गुरुङ, युवा नेता दीपकराज जोशी, स्वतन्त्र अभियानबाट निर्वाचित वडाध्यक्ष सहिदपुत्र भरतकृष्ण श्रेष्ठ, विमलराज जोशी, स्वतन्त्र अभियान्ताहरु क्याप्टन रेशमबहादुर गुरुङ, कमलभक्त पोख्रेल, ऋषिराम पोख्रेल, सोलबहादुर चितौरे, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, इन्द्रबहादुर दरै, भिमबहादुर अधिकारी लगायतले नेपाली काँग्रेसले बीपीको सिदान्त र आर्दशलाई छोडेर गलत मार्गमा हिडिरहेको छ यही मार्गमा अघि बढी राखेमा गठबन्धनको काँग्रेस उम्मेदवारलाई परित्याग गरी स्वतन्त्र अभियानका लोकतान्त्रिक उम्मेद्धारलाई आगामी प्रदेश तथा संघीय निर्वाचनमा उठाउने र जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्वमन्त्री जोशीद्धारा शोकाकुल विष्ट, पन्थ र लामा परिवारसंग भेटघाट, समवेदना प्रकट
दमौली । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले शोकमा परेका भानु नगरपालिका–५ निवासी विष्ट परिवारलाई भेटघाट गर्नु भएको छ । शुक्रबार पूर्वमन्त्री जोशीले साउन १८ गते निधन हुनु भएका चेतबहादुर विष्टको परिवासँग भेटघाट गर्नु भएको हो ।
विष्टको आफ्नै निवासमा ७५ वर्षको उमेरमा निधन भएको थियो । नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा साविक वरभञ्ज्याङ गाविस–४ का पूर्व वडा सदस्य विष्टको निधनले अपुरणीय क्षती भएको जोशीले उल्लेख गर्नु भएको छ । भावविह्ल उहाँको धर्मपत्नि मैना विष्ट एवं छोराहरु वसन्त विष्ट, अच्युत विष्ट, विकास विष्ट एवं राममाया अधिकारी, संगिता अधिकारी र परिवारलाई उहाँको अभावमा शहनशक्ति प्राप्तिको कामना जोशीले गर्नु भएको थियो । यस अघि जोशीले केही समय अघि निधन हुनु भानु नगरपालिका–१ भन्सार निवासी स्वर्गिय आशबहादुर लामाको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नु भएको थियो । यस्तै शुक्रबार नै व्यास नगरपालिका –१ माईलीडाँडा निवासी स्वर्गिय दमयन्ति दाहालको वार्षिक पुण्यतिथीमा पनि पूर्वमन्त्री जोशी सहभागी हुनु भएको थियो । यसैगरी नेता जोशीले व्यास नगरपालिका–१२ बेलघारी, छिर्कने निवासी स्वर्गिय भोजराज पन्थको परिवारलाई शनिबार भेट समवेदना प्रकट गर्नु भएको छ । पन्थको यही साउन १७ गते आफ्नै निवासमा निधन भएको थियो ।

nema
Show More

Related Articles

Back to top button