समाचारनेपाली कांग्रेस

सम्झौता कार्यान्वयन भएपछि मात्र केपी ओलीको चीन भ्रमणको सार्थकताः काँगे्रस नेता मोहन आचार्य

१० आषाढ, काठमाडौैँ ।
नेपाली कांग्रेस नेता तथा प्रतिधिनीसभा सांसद मोहन आचार्यले चीन र नेपालले सम्झौता गरेका कुराहरुको कार्यान्वयनमा गएपछि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सार्थकता हुने बताउनुभएको छ । राजधानीमा रहेको एक रेडियोमा बोल्दै उहाँले व्यवाहारमा कार्यान्वयनपछि मात्र भ्रमणको उपलव्धीको मापन हुने धारणा राख्नुभयो । चीनीया लगानीमा रेल निर्माण गर्ने विषय महत्वपुर्ण भएपनि नेपालले त्यसबाट लाभ लिन बढ्दो व्यपार घाटा कम गर्ने योजना तर्फ लाग्नुपर्ने, सांसद आचार्यको जोड थियो ।
फरक प्रसगमा उहाँले पार्टीमा देखिएका विसंगति अन्त्य गरी कांग्रेसलाई पहिलेकै अवस्थामा पु‍र्याउन आन्तरिक व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । नेतृत्व परिवर्तन भन्दापनि आन्तरिक विबाद समाधान गर्दै पार्टीलाई बलियो प्रतिपक्षी बनाउनु आजको आवश्यकता रहेको सासंद आचार्यको जोड थियो ।

nema
Show More

Related Articles

Back to top button