समाचार

चीनमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदहरुको माग

२९ माघ, काठमाडौैँ÷ चीनमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले यस्तो माग गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद विद्या भट्टराईले नेपाल कोरोनाबाट सुरक्षित छ भन्नका लागि त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिने सबै यात्रुको स्वास्थ्य जाँच गर्न माग गर्नुभएको छ ।
शून्य समयमा बोल्दै उहाँले विमानस्थलमा रािखएको स्क्यानिङ मेशिनले काम नगरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकार्षण गराउनुभयो । सरकारले चीनबाट विद्यार्थी ल्याउने प्रयास सुरु गरेको जनाउँदै सासंद भट्टराईले त्यसलाई यथाशिघ्र कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सासंद प्रेम सुवालले चीनबाट उद्धार गरिएका विधर्थीलाई भक्तपुरको खरिपार्टीमा राख्ने सरकारको निणर्य उपयुक्त नभएको बताउनुभयो । उहाँले खरिपार्टी सहरको बीचमा रहेकाले त्यहाँ क्वारेनटाइन राख्ने निर्णय उपयुक्त नभएको र त्यहाँको जनताको विरोध भएको उल्लेख गर्नुभयो ।
यता भक्तपुरबासीले पनि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा भवनमा क्वारेन्टाइन राखेकोमा विरोध गरेका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाका ज्यान गएसँगै मृतकको संख्या ११ सय ७ पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ ।

nema
Show More

Related Articles

Back to top button