समाचार

पूँजी बजारले राम्रोसँग काम गर्न नसके सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम गर्न नसके सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
आज काठमाडौमा भएको वित्तीय साक्षरतासम्बन्धी बृहत अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे कडा निगरानीमा राख्ने चेतावनी दिएका हुन ।
अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय रुपमा साक्षर बनाउनुपर्नेमा जोड दिए ।
उनले महिलाहरु पनि वित्तीय कारोवारमा संलग्न हुने क्रम बढेकाले उनीहरुलाई यस क्षेत्रमा सक्षम बनाउंदै जानुपर्ने बताए ।
वित्तीय साक्षरता बढाउने उद्देश्यले नेपाल धितो पत्र बोर्ड र ओईसिडीले गरेको अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्ने छ ।
सम्मेलनमा अमेरिका भारत, थाईल्याण्ड, सिंगापुर, चीन, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजार विज्ञ र लगानीकर्ताहरुले सहभागिता जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button