समाचारअन्तर्वार्ता

सरकार अधिनायकवादतर्फ उन्मुख भएको काँगे्रस नेता शेखर कोइरालाको आरोप

३० जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताउनुभएको छ । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उहाँको आरोप छ ।
बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा। कोइरालाले भन्नुभयो— वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’
कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उहाँले बताउनुभयो तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने कोइरालाले बताउनुभयो ।
मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button