समाचारनेपाली कांग्रेस

काङ्ग्रेसको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सभापति देउवालाई नेता केसीको आग्रह

२२ चैत काठमाडौैँ÷ नेपाली काँगे्रस नुवाकोटका सभापति जगदीश नरसिँह केसीले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न मुल नेत्रित्वलाई आग्रह गरेका छन । राजधानीमा रहेको एक रेडियोसंगको कुराकानीमा उनले पार्टीको महाधिवेशन निर्धारित समयमा गर्नको लागि सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन ।

काँगे्रसका भातृ संगठनलाई क्रियाशिल बनाउन केन्द्रीय समिति असफल बनेको नेता केसीको दाबी छ । काँगे्रसका रक्तसंञ्चारहरु नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दलहरु लगायतका भातृ संगठनहरु भएको उनको दाबी छ । तर भातृ संस्थाहरु छन या छैनन भन्ने कुरामा आफूहरु कन्फ्युज भएको नेता केसीले बताए ।

काँगे्रसलाई बलियो बनाउन अनुशासन समितिले निश्पक्ष रुपमा कारवाही सुरु गर्नुपर्नेमा नेता केसीले जोड दिइका छन् । पार्टीलाई बलियो बनाउने हो भने पार्टीभित्र देखिएका कमिकमजोरीलाई हटाउनुपर्ने बताए । अनुशासन समितिलाई विवाद रहित बनाउनको लागि पार्टी सभापतिले मनोनित गरेका मानिसहरुबाट कारवाही प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिए ।
उनले महासमितिले पारित गरेको विधान केन्द्रीय समितिले एकलौटी रुपमा पारित गरेको आरोप लगाए ।

nema
Show More

Related Articles

Back to top button