breakingसमाचार

नेकपा सांसदको चुनौतीसँगै संसदमा कांग्रेसको नाराबाजी

३० भदौ, काठमाडौं । सत्तारुढ नेकपाका संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा भाँडभैलो सुरु भएको छ । संसद सुचारु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभाको रोष्टम घेराउ गरेको छ ।
बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताएकी थिइन ।
लगतै नेकपाका सांसद नन्द लाल रोकायले विशेष समय लिएर बोलेका थिए । त्यसलगत्तै प्रतिनिधिसभा बैठक अवरुद्ध भएको हो ।
बाँकेकै सांसद रोकायले आरोपित वडाध्यक्षले नेकपाका कार्यकर्ताले काँगे्रसको दोस्रो चरणको जागरण अभियानमा आक्रमणनै नभएको दाबी गरेका हुन ।
वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटको विवादमा यो घटना भएको उनको दाबी छ ।
भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा गएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै सांसद रोकायले धकेलाधकेल पनि नभएको दाबी गरे ।
तर कांग्रेसले गलत आरोप लगाएको भन्दै उनले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताए । यसबारे संसदीय छानविन समिति बनाउनुपर्ने उनको माग छ ।
नेकपा सांसद रोकाय बोलिरहँदा नै कांग्रेस सांसदहरू उठिसकेका थिए । उनले बोलिसके लगतै रोष्टम घेराउ गर्दै नाराबाजी गरे । सभामुखले यसबारे केही भन्छु भन्दा पनि नाराबाजी नरोकिएको हो । प्रतिनिधिसभा बैठक १ असोजसम्मका लागि स्थगित भएको छ ।

nema
Show More

Related Articles

Back to top button