समाचारनेपाली कांग्रेस

अब मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइन्छ ः प्रदेश सांसद मल्ल

१३ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने सांसद मल्लको दाबी छ ।
नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति समेत रहेका मल्लले तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाए । कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइने उनले बताए ।
वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे ।
उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप समेत लगाएका थिए । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

nema
Show More

Related Articles

Back to top button