समाचार

सुनको भाउ ४ सय रुपैैँयाले घट्यो

२९ फागुन, काठमाडौैँ÷ नेपाली बजारमा आज छापावाल सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । हिजोको तुलनामा तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन आज ८२ हजार ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ । हिजो छापावाल सुनको मुल्यले बजारमा कीर्तिमानी कायम गरेको थियो । अहिलेसम्मकै उच्च अर्थात ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो ।
आज गहना बजारमा चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button