समाचारविश्व

अन्तरिक्ष सेना बनाउने अमेरिकाको घोषणा

५ आषाढ , काठमाडौैँ÷अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने उद्घोष गर्नुभएको छ । राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेको बताउनुभयो ।
अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने अमेरिकी राष्ट्रपतिको विश्वास छ । उहाँले अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने बताए । राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने उल्लेख गर्नुभयो । अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी सदनले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउने छ ।

nema
Show More

Related Articles

Back to top button