breakingसमाचार

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६,डिस्चार्ज हुनेको संख्या १८३

१४ जेष्ठ, काठमाडौैँ
नेपालमा आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परिक्षणमा ११ जना , कोसी अस्पतालमा १७ जना, कीटजन्य प्रयोेगशाला हेटौडामा ८ जना, प्रादेशिक प्रयोगशाला पोखरामा ६ जना, राप्ती स्वास्थ्य विज्ञाज प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा १८ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिनुभयो ।
उनीहरु सबैजना क्वारेन्टाइनमा रहेका छन् । यो संगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ । उनीहरुमध्ये ७९६ पुरुष र ९० महिला रहेका छन् ।
यस्तै आजै नारायण्ी अस्पताल वीरगञ्जबाट पर्साका २१ जना, कोसी अस्पताल विराटनगरबाट उदयपुरका ४ जना र शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।

nema
Show More

Related Articles

Back to top button