breakingसमाचारनेपाली कांग्रेस

सरकारले ल्याएको अध्यादेश विरुद्ध तौतर्फी आलोचना,संसदीय ब्यवस्था जोगाउन जस्तोसुकै कदम चाल्ने कांग्रेसको चेतावनी

९ बैशाख, काठमाडौ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ल्याउन नहुने अध्यादेश ल्याएको ठहर गर्दै ती अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय गरेको हो । सरकारसँग प्रत्यक्ष संवाद तथा विभिन्न रचनात्मक विरोधका कार्यक्रमबाट अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
 
सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजोनै राष्ट्पतिबाट कार्यान्वयनमा आइसकेको छ ।
 
यसैबीच नेपाली काँगे्रसका नेता डाक्टर शेखर कोइरालाले पनि कोरोना भाइरसको महामारीमा सरकारले यस्तो अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । आज एक विज्ञप्ती जारी गदै उहाँले अध्यादेश नेपाली राजनीतिमा इतिहासकै दुःखत घटना भएको दाबी गर्नुभयो । सरकारले जारी गरेको दुई अध्यादेश सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदम भएको उहाँको प्रतिक्रिया छ । काँगे्रस लोकतान्त्रिक संसदीय ब्यवस्था जोगाउनको लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने कोइरालाले चेतावनी दिनुभयो ।
 
उता, नेपाली काँगे्रसका नेता लोकेश ढकालले कोरोनाको महामारीसँग जुध्नको लागि योजना बनाउनुपर्ने ठाउँमा सरकार कुर्शी जोगाउने रणनीतिमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको सहाराले देशलाई अस्तिर बनाउन खोजेको उहाँको दाबी छ ।
रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै नेता ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले विदाविद अध्यादेश सदर गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button