समाचार

कार्तिक २ र ३ गते देशभर भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौं, असोज २९ । देशभरका स्थानीय निकायहरुमा आगामी कार्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने हुने भएको हो ।
कार्यक्रमअन्तर्गत् जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०, ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने बताइएको छ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ कार्यक्रमका लागि ७५३ ओटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ ।
कार्यक्रमका लागि करिब रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुआत भएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button