breakingसमाचार

गुठी विधेयकले संसदमा हंगामा÷ कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं–संसदमा दर्ता भएको गुठी सम्बन्धी विधेयकले प्रतिनिधिसभा बैठकमा हंगामा मच्चिएको छ ।
आइतबार गुठीयारहरुले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।
गुठी समबन्धी विधेयकले परम्परा, मूल्य मान्यता, धर्म संस्कृति र धरोहरमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । उता सरकारले भने विधेयकले धर्म संस्कृतिमाथि प्रस्तावित विधेयकले असर नगर्ने दाबी गरेको छ ।
भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि ल्याईएको विधेयकको विरोधमा भएको शान्ति पुर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागिय मन्त्रीका दृष्टिबाट मन्त्री अर्यालले विधेयकबारे स्पष्ट पारेकी थिइन् ।
संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै उनले संविधानलाई एकिकृत रुपमा बुझ्न आग्रह गरेकी छिन् ।
मन्त्री अर्यालले आईतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेका सदनलाई जानकारी समेत दिएकी थिइन ।
मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मुल्य र मान्यता नियमावलि अनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन । गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दे उभिएर विरोध गरिरहेको अवस्थामा सभामुखको निर्देशनबाट सत्तापक्षको सांसदबाट बोल्न दिने काम भएको भन्दै उनले आपत्ति जनाएकी हुन ।
यसअघि कांग्रेस सचेतक बालकृष्ण खाँडले सरकार धर्म संस्कृति परम्परा र धार्मिक धरोहर मास्न लागेको आरोप लगाए । होलीवाइनको प्रसंग निकाल्दै उनले भने,‘होली वाइन छर्कदै हिँड्ने सरकारले धर्म संस्कृति र परम्परा मास्न खोजेको उनको आरोप छ ।
यसैबीच,
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक मंगलबार विहान ११ बजेसम्मको लागि स्थागित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै त्यस घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो । गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी सूचना टाँसेर बैठक स्थगित भएको जनाएको हो । सूचनामा विशेष कारणले बैठक बस्न नसकेको जनाइएको छ ।

nema
Show More

Related Articles

Back to top button