समाचार

राष्ट्रियसभा बैठकमा राणाको निधनमा शोक प्रस्ताव पारित

२८ साउन, काठमाडौ÷ रााष्ट्रियसभाको सोमवार बसेको बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राणाको ९१ वर्षको उमेरमा गत शुक्रबार भारतको कोलकत्तामा निधन भएको थियो । राणा २०१५ सालको पहिलो आम चुनाव गोर्खा परिषद्को तर्फबाट धादिङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
नेपालको प्रथम संसदका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणा लोकतन्त्र र गणतन्त्रको पक्षमा सुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्वको रुपमा स्थापित हुनुभएको थियो । बैठकले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुको साथै एक मिनेट मौनधारण पनि गर्यो ।
राष्ट्रियसभाको अर्को बैठक भोली मंगलबार दिउँसो २ बजे बस्नेछ ।

nema
Show More

Related Articles

Back to top button