breakingसमाचार

गुठी विधेयक फिर्ता लिन काँगे्रसको माग÷ राजाहरुले समेत धर्मसंस्कृतिमाथि धावा नवोलेको दाबी

काठमाडौँ÷ प्रतिनिधिसभाको बिहिवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ ।
सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्ने बित्तिकै कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले उठेर विरोध जनापछि सभामुख कृष्णबहादुर महराले सांसद भीमसेनदास प्रधानलाई बोल्ने समय दिएका थिए ।
सांसद प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली विश्व श्रम सङ्गठन (आइएलओ) को सम्मेलनमा हालै भाग लिएको उल्लेख गर्दै सन् १९९१ मा सङ्गठनको सम्मेलनले आदिवासी जनजातिको धर्म संस्कृतिका लागि गुठीको संरक्षण गरिनुपर्ने व्यवस्था पारित गरेको स्मरण गराउँदै गुठी विधेयक तत्काल फिर्ता लिन माग गरे ।
सांसद प्रधानले भने काठमाडौँको भाषा, धर्म, संस्कृति र सम्पदाले विश्वमा चिनाएको तर अहिले सरकारले त्यसैमाथि धावा बोलेको छ, सरोकार भएकासँग छलफल नगरी गुठी विधेयक ल्याइएको छ, विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही होस्, काठमाडौँवासी आन्दोलनमा उत्रिएपछि कसैले रोक्न सक्दैन, सरकार ढल्ने चिन्ता होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्छ”,
२०६२/६३ को आन्दोलनको एजेण्डा राजा फाल्ने नभए पनि काठमाडौँका जनता उठेपछि फालिएको बताउँदै सांसद प्रधानले बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
पृथ्वीनारायण शाहले उपत्यकामाथि विजयी गरे पनि धर्मसंस्कृतिमाथि धावा नबोलेकाले २४० वर्षसम्म शाह राजाको शासन सम्भव भएको सांसद प्रधानले दाबी गरे ।

nema
Show More

Related Articles

Back to top button