breakingसमाचारगण्डकी प्रदेशवी पी विचार

आफनो टिकट आफै लियौ र आगामी निर्वाचनहरुमा योग्य व्यक्तीहरुलाई विजई गराऊ अभियानको शुभारम्भ


तनहुँ कार्तिक २२ ,
पुर्व गृहमन्त्री एवंं नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री श्री गोविन्द राज जोशीले आज तनहुंको भानु नगरपालिका वडा नं १० दुधेकुनावाट ूआफनो टिकट आफै लियौ र आगामी निर्वाचनहरुमा योग्य व्यक्तीहरुलाई विजई गराउ ूअभियानको शुभारम्भ गर्नु भयो । अभियानमा सहभागी कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो मैले २०२२ साल देखि तनहँुमा नेपाली कांग्रेसको संगठन निर्माण र जिल्लाको विकाश निर्माणमा खेलेको भुमिकाको वारेमा तपाईहरुलाई भनिरहनु नपर्ला । पार्टि भित्र रहेका केहि षडयन्त्रकारीहरुका कारण तनहुँ ंजिल्ला आज धेरै पछाडी परेको छ । कांग्रेसको संगठन आज ध्वस्त भएको छ । नेपाली कांग्रेसका विधि र विधान विपरीत टिकट वितरण गर्दा आज मैले ूआफनो टिकट आफै लियौ र आगामी निर्वाचनहरुमा योग्य व्यक्तीहरुलाई विजई गराउ ूअभियान सुरु गर्न वाध्य हुनु परेको छ । त्यसको लागी तपाईहरु एक पटक फेरी कटिवद्ध र प्रतिवद्ध हुनु परेको छ ।
उहाँले भन्नुभयो ःयही ठाउँको श्री सरस्वति प्राथमिक विद्यालय वाट मैले प्ररम्भिक शिक्षा प्राप्त गरेके हुँ । मैले ज्ञान प्राप्त गरेकै ठाउँवाट अभियानको सुरुवात गरेको हुदाँ मेरो यो अभियान सफल हुनेछ भन्ने मैले विश्वास गरेको छु । अव अर्को पटक देखि मेरो निर्वाचन लडने संभावना छैन चाहना पनि छैन । स्थानीय तहमा पनि कसलाई चुनाव लडाउने हो, छनोट गर्दै रहनुहोला । तपाईहरुले छानेको उमेदवारले निर्वाचन जितेमा मात्र मेरो यो अभियान सफल हुनेछ । संघिय संसदको निर्वाचनमा म आफै उमेदवार हने हुदाँ यो एक पटकका लागी मलाई तपाईहरुले सहयोग गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु ।
मेरो यो अभियान तपाईहरुलाइ स्वाभिमानी वनाउने अभियान हो । म अहिले जिल्लाको १ नं क्षेत्रको सवै वडामा र २ नं क्षेत्रको पनि अत्यधिक ठाउहरुमा जाने मेरो कार्यक्रम रहेको र कार्यकर्ताहरुको भावना अनुसार मैले निर्णय गर्ने छु भनि उहाँले वताउनु भयो । कार्यक्रममा महासमिति सदस्य वाल कुमारी लोहनि , वी.पी. विचार समाज तनहँुका सचिव हरी शरण पण्डित ,शुकुम लाल गुरुङ्ग ,शेर वहादुर गुरुङ्ग सहभागी हुनुहुन्थो । कार्यक्रममा भानु नगरपालिका १० नं वडाका अध्यक्ष हिम निधि पाण्डे ,रामकृष्ण ढकाल ,भानु नगर पालीकाका कोषाध्यक्ष कृष्ण प्रसाद ढुङ्गना आदि स्थानीय वक्ताहरुले पनि आफनो राय व्यक्त गर्नुभएको थियो ।
अजै उहाँको भानुनगर पालीका वडा नं. ११ मानेचौका तनहुँको थप नवनिर्मित भवनको समुदघाटन र कार्यकर्ताहरु संङ्ग भेटघाट , रुपाकोट फेदि , टुहुरेपसल र कुन्छा ढाडमा कायृकर्ताहर संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

nema
Show More

Related Articles

Back to top button