breakingसंस्था गतिबिधीवी पी विचारनेपाली कांग्रेस

वीपी विचार समाज तनहुँले प्रत्येक वडामा संगठन विस्तार गदै

११ चैत, तनहुँ÷ वीपी विचार समाज तनहुँको बैठक सोमवार बसेको छ । समाजका तनहुँ सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा दमौलीमा सम्पन्न बैठकले संगठनको विचारधारालाई तनहुँका प्रत्यक वडामा विस्तार गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गदै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सह—सभापति गोविन्दराज जोशीले वीपी कोइरालाको विचारलाई काँगे्रसमा स्थापित गराउन काँगे्रस कार्यकर्ताहरु एक जुटहुनुपर्नेमा जोड दिए ।


नेपाली काँगे्रसलाई बलियो बनाउन वीपी विचार समाजले अभियान चलाउन लागेको स्पष्ट पारे । आफूले काँगे्रसलाई बलियो बनाउनको लागि केन्द्र देखि जिल्ला तहमा लागिपरेको जोशीले बताए । चुनावमा टिकट दिँदा पैसामा विक्री बनाउने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले हरेक काँगे्रस कार्यकर्ताहरुलाई वीपीको वाटोमा हिड्न आग्रह समेत गरे ।
समाजको बैठकले संगठनलाई प्रत्येक वडामा पु¥याउने र वीपीको विचारलाई जनस्तरमा पु¥याउने प्रतिवद्धता गरेको छ ।


बैठकमा वीपी विचार समाज तनहुँका सभापति डिल्लीराम अधिकारीले वीपीको विचारलाई जनस्तरसम्म पु¥याउन काँगे्रसका सञ्चा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले काँगे्रसलाई पुरानै अवस्थामा फर्काउनको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड समेत दिए ।
बैठकमा वीपी विचार समाजको अध्यक्ष एवं पूर्व सभासद उर्मिला थापाको पनि उपस्थिति रहेको थियो ।

nema
Show More

Related Articles

Back to top button