breakingसमाचार

आजबाट लकडाउन खुकुलो,तीन चरणमा लकडाउन खुकुलो बनाउने सरकारको योजना

२९ जेठ, काठमाडौैँ
कोरोना भाइरस संक्रमण त्रासका कारण सरकारले गत चैत ११ गतेदेखि देशभर घोषणा गरेको लकडाउन आजबाट केही खुकुलो हुने भएको छ । गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणको लकडाउन खुकुलो बनाउने योजना सार्वजनिक गरेको हो । निर्णय अनुसार पहिलो चरणमा आजबाट स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, पेट्रोलियम पदार्थको ढुवानी र बिक्री, फोहोरमैला व्यवस्थापन, निर्माण सामग्री सम्बन्धी उद्योग व्यवसाय, नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा डेलिभरी सेवा र पुस्तक पसल तथा स्टेसनरीका साथै अत्यावश्यक सेवाका कार्यालय सन्चालनमा आउने भएका छन् ।
दोस्रो चरणमा विद्युतीय रिक्सा, ट्याक्सी, निश्चित दुरी कायम गरेर रेस्टुरेन्ट तथा खाजाघर सन्चालनमा आउनेछन् भने तेस्रो चरणमा सरकारी कार्यालय, सिट क्षमताका आधारमा आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन, आन्तरिक हवाई उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण तथा स्थगित भएका परीक्षाहरु सन्चालन गरिने जनाएको छ । पहिलो चरण आजबाट २१ दिनसम्म लागू हुनेछ ।
 
त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ भने त्यसपछि तेस्रो चरण थप १५ दिनको हुनेछ । तीनै चरण पूरा भएपछि कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्ने सरकारको योजना छ । सरकारको कार्ययोजना अनुसार लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्ने देखिएको छ । संक्रमणको अवस्था हेरेर तालिकामा परिवर्तन हुनसक्ने जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button