breakingसमाचार

नाराबाजीका बीच बजेटमाथि छलफल सुरु (भिडियाे लाइभ)

सञ्चार संवाददाता१४ मिनेट पहिले20Shares

facebook sharing button
sharethis sharing button

फाइल तस्बिर

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीबै बीच प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको छ ।

सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । तर नाराबाजी जारी रहँदा नै विनियोजना विधेयकमाथि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नयाँ कार्यक्रमसहित बजेट प्रतिस्थापन विधेयक ल्याएको थियो। बजेट पास नहुँदा अहिले सरकार बेखर्ची बनेको छ ।

असोज ४, २०७८ मा प्रकाशित

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button