समाचारसमाज

विष हालेको पानी पिउँदा १५ विद्यार्थी बिरामी

२९ साउन , मोरङ÷ट्यांकीमा विष हालेको पानी पिउँदा मोरङको लेटाङस्थित एक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन्। मोरङको लेटाङ जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन्। सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछि उक्त संख्या १५ पुगेको छ। बिरामी विद्यार्थीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए । विद्यालयको पानी ट्यांकीमा १०० मिलिलिटरको विषादीको बोत्तल भेटिएको छ। साइपर मेथिन ग्रुपको साइपिन नामको कीटनाशक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो।

nema
Show More

Related Articles

Back to top button