समाचार

डाक्टर भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडौं, कात्तिक १७ । सरकारले डाक्टर भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी सम्हालेका थिए । यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले भने डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिश गरेको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button