समाचार

विप्लवको आक्रोश, उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था ठप्प

६ असार, काठमाडौैँ÷ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण शुक्रबार काठमाडौैँ उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था ठप्प भएका छन् । आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको हो । शैक्षिक हड्तालका कारण सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । बन्दका कारण लाखौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

nema
Show More

Related Articles

Back to top button