समाचार

नेपालको सुरक्षा व्यवस्था विश्वस्तरको भएको गृहमन्त्री थापाको दावी

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको गृहमन्त्री थापाले दाबी गरका हुन ।
सी को भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको पनि गृहमन्त्री थापाले उल्लेख गरेका छन् ।
सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँगको बैठकमा उनले चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको जानकारी गराए ।
गृहमन्त्री थापाले आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन्।
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

nema
Show More

Related Articles

Back to top button