समाचार

सुनको मूल्य आज एकै दिन तीन हजारले घट्यो

३० फागुन, काठमाडौैँ÷ नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । धेरैपछि एकैपटक तोलामा तीन हजारले सुनको मूल्य घटेको छ । सुन आज ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ४ सयले घटेको थियो । हिजो ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि घटेको छ । आज चाँदी तोलाको ४० रुपैयाँ घट्दै ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button