समाचारनेपाली कांग्रेस

उपसभामुख हात पार्न सरकार बाहिरका दल सक्रिय

८ माघ, काठमाडौैँ÷ प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारको टुगो लागे संगै नयाँ उपसभामुखको लागि चर्चा सुरु भएको छ । उपसभामुख आफनो भागमा पार्न सरकार बाहिरका दलहरू आन्तरिक छलफलमा जुटेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एकै दलको हुन नपाउने भएपछि उपसभामुख आफ्नो दलको बनाउन सरकार बाहिरका दल सक्रिय भएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपसभामुखमा दावेदारी प्रस्तुत गरिसकेका छन्। सरकार बाहिर रहेर पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सघाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) पनि उपसभामुखको आकांक्षी देखिएको छ । समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल भने मौन देखिएका छन् ।
नेकपाबाट उपसभामुख सम्भव नभए पनि नेकपाले जुन दललाई समर्थन गर्छ उसैले उपसभामुख पाउने पक्का छ । राष्ट्रियसभा निर्वाचनमा नेकपालाई सघाउने सहमति गरेको र सभामुखमा समर्थक बसेकाले विपक्षी दलमध्ये राजपाले उपसभामुखमा नेकपाको समर्थन पाउने सम्भावना बढी छ ।

nema
Show More

Related Articles

Back to top button