समाचार

त्रिभुवन माध्यामिक विद्यालय तनहुँको ४९ औैँ वार्षिक उत्सव सम्पन्न

२७ माघ, तनहुँ÷ त्रिभुवन माध्यामिक विद्यालय तनहुँको ४९ औैँ वार्षिक उत्सव भब्यतापूर्वक विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । आइतवार वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गदै नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवं विद्यालयका संस्थापक प्रधानाध्यापक गोविन्दराज जोशीले समारोहको उद्घाटन गरेका थिए । उद्घाटना कार्यक्रममा सम्बोधन गदै जोशीले कुनै पनि मुलुकको विकासमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए ।


विद्यालयको स्थापनाबाट त्यस क्षेत्रका मानिसमा माध्यामिक शिक्षा हासिल गर्नको लागि गरिब विद्यार्थीहरुका लागि पनि ठूलो मद्धत पुगेको जोशीले ठोकुवा गरे । यस क्षेत्रका परिवर्तनमा विद्यालयको भूमिका महत्वपूर्ण रहेकोमा जोशीले जोड दिएका छन् ।
विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका रहेको जोशीले ठोकुवा गरे ।


उनले विद्यालय निर्माणमा महत्वपूर्ण योगदान दिने अभिभावक, विद्यालयको पठनपाठनमा उत्कृष्ट काम गर्ने शिक्षकहरु र अतिरिक्त क्रियाकलाप र विद्यालयको पठनपाठनमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गदै सम्मानीत गरिएको थियो । जोशीले पुरस्कार वितरण गदै सबैमा आभार ब्यक्त गरेका थिए ।


समारोहमा नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीले नेपाली काँग्रेसको सरकारको समयमा शिक्षामा अभुतपूर्व विकास भएको उल्लेख गरे । अधिकारीले आफ्नो धारणा राख्दै यहाँका अभिभावकहरुको शिक्षाप्रतिको मोह प्रशंसनीय रहेको बताए । बार्षिक उत्सव समारोहमा केशर बहादुर गुरुङ, प्रेमराज उप्रेती, राजेन्द्रराज जोशी, मुरली कुमाल, हिरा सापकोटा, विद्यालयका प्रधानाध्यापक हिरामणी अधिकारी आदि वक्ताहरुले मन्तब्य राखेका थिए । समारोहको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button