breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको राष्ट्रिय सम्मेलन जेष्ठ १८ गते,कार्यसमिति बैठक जेष्ठ १७ गते

१७ बैशाख, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको राष्ट्रिय भेला आगामी जेष्ठ १८ गते हुने भएको छ । राजधानी काठमाडौैँमा आयोजना हुने भेलामा वीपीको विचार, सिद्धान्त र आदर्शलाई जनतामा कसरी पु¥याउने भन्ने सम्बन्धमा ब्यापक छलफल हुनेछ । त्यसको लागि समाजको गत चैत ११ गते बसेको बैठकले वर्तमान सन्दर्भमा वीपीको आदर्श र सिद्धान्तका बारेमा कार्यपत्र तयार पार्न प्रा.डा. बाशुदेव खनालको संयोजकत्वमा एक समिति बनेको थियो । उक्त समितिले तयार पारेको कार्यपत्र राष्ट्रिय भेलामा पेश गरिने प्रा.डा. खनालले जानकारी दिए ।
त्यसैगरी समाजको बैठकले समाजका केन्द्रीय सदस्य सरोज देवकोटाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भोजराज रेग्मी र ढुन्डिराज पोखरेल रहेका छन् । उक्त राष्ट्रिय भेलामा यी २ प्रस्ताव बाहेक महासचिवको संगठन र कार्यक्रम संवन्धको प्रतिवेदन पेश हुनेछ । साथै कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि पेश गर्न लागिएको समाजले जनाएको छ ।
राष्ट्रिय भेलामा समाजका केन्द्रीय पदाधिकारी र सदस्यहरु, प्रत्येक प्रदेशबाट प्रदेश समितिका पदाधिकारी ५ जना र संवन्धित समितिको निर्णय अनुसार कम्तिमा १ जना महिला सहित ३ जना सदस्यहरु, प्रत्येक विभागका पदाधिकारी तथा सदस्यहरु तथा ७७ वटै जिल्लाबाट वीपी विचार राष्ट्रिय समाजका जिल्ला सभापति र एक महिला सहित २ जना सदस्यहरु उपस्थित हुनेछन् ।
यसैबीच, वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय भेलाको तयारीको लागि आगामी जेष्ठ १७ गते बस्दैछ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बैठक बस्न लागेको महासचिव चन्दले जानकारी दिए ।  यसैबीच, वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको वैठक वैशाख २९ गते आइतबार बस्ने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा दिउँसो १२ ः ३० बजे बस्ने बैठकमा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय भेलामा राजनीतिक एवं विभिन्न प्रस्तावमाथि छलफल हुनेछ । साथै केन्द्रीय भेलाको तयारीका बारेमा छलफल केन्द्रीत हुने समाजका केन्द्रीय महासचिव चन्दले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button