समाचार

पूर्वमुख्यसचिव बलरामसिँह मल्लको निधन

ललितपुर– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ ।
मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको ७८ वर्षको उमेरमा विहीवार बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । स्वर्गिय मल्लकी श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव भएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर उनले आफ्नो जिम्मेवारी पुरा गरेका थिए ।उनी जर्मनीका लागि नेपाली राजदूतसमेत थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button