समाचार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

१५ माघ, काठमाडौैँ÷ चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म ५ हजार ९ सय जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएको छ ।
 
हुबेइ प्रान्तमा कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् । चीनमा संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ । कोरोनाको संक्रमण रोक्नका लागि अनेकौं प्रयत्न गर्दा पनि महामारी नहटेपछि आफ्ना नागरिकको आन्तरिक तथा बाह्य भ्रमणमा चीनले रोक लगाएको छ ।
उता, कोरोना भाइरसको जोखिम बढेपछि हङकङले चीनसँगको सीमामा यात्रुहरुमाथि कडा निगरानी गर्न थालेको छ । चीनबाट भाइरसको संक्रमण फैलन नदिन हङकङले चीनसँगको सीमा पार गर्ने उच्च गतिका रलेवे सेवा र हवाइ सेवासमेत बन्द गरेको जनाएको छ । कोरोना भाइरस विश्वका १६ देशमा फैलिइसकेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button