समाचार

बाढी आउने जानकारी ३ दिन पहिलेनै

२४ जेष्ठ, काठमाडौ÷यस वर्ष नदी र खोलानालामा बाढी आउने जानकारी तीन दिनअघि नै थाहा हुने भएको छ । विगतका वर्षहरुमा २४ घण्टासम्म कुन ठाउँमा बाढी जान्छ भन्नेबारेमा जानकारी दिने गरेकोमा यो वर्ष तीन दिनअघि नै बाढीको पूर्वानुमान गर्ने तयारी भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु भएको घोषणा गर्ने्बित्तिकै चौबीसै घण्टा कार्यालय खोलेर कुन ठाउँमा बाढी जाने सम्भावना छ भन्ने बारेमा जानकारी दिने शाखाको तयारी छ । शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर पनि बाढीको अवस्थाबारे थाहा पाउन सकिनेछ । यस्तै सामाजिक संजाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि बाढीको सम्भावनाबारे थाहा पाउन सक्नेछन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले आउँदो हप्ता नेपालमा मनसुन सुरु हुने अनुमान गरेको छ ।

nema
Show More

Related Articles

Back to top button