breakingसमाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

वीपीको विचार र सिद्धान्तलाई गलत ब्याख्या गर्दा काँग्रेस कमजोर भयो: नेता जोशी

तनहुं ,कार्तिक १७÷वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सह—सभापति गोविन्दराज जोशीले आफ्नो स्वार्थ अनुकुल वीपीको विचार र सिद्धान्तलाई गलत ब्याख्या गर्दा नेपाली काँग्रेसको अवस्था झनझन कमजोर बन्दै गएको बताउनुभएको छ । विचार समाज तनहुका संरक्षक समेत रहेका जोशीले कांग्रेसका प्रतेक कार्यकर्ताको कर्तव्य वीपीले देखाएको वाटोमा हिडाउन कृयाशिल हुनु परेको पर्नेमा जोड दिनुभयो । वीपी विचार समाज तनहुंको विस्तारित वैठकमा जोशीले वी। पी। वीचार समाज तनहुका प्रत्येक सदस्यले स्थानीय निकायका कार्यकर्ता लाई वी।पी।को देखाएको वाटोमा हिडन प्रोत्साहित गर्नु पर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
 
समाजका कार्यवाहक सभापति डिल्लि राम अधिकारीको अध्यक्षतामा शनिवार बैठक बसेको हो । वैठकले वी। पी। विचार समाज तनहुका सचिव हरी शरण पण्डीतले पेश गर्नु भएको समाजको प्रतिवेदन स्विकृत गरेको छ । वैठकले वी। पी। विचार समाज तनहुको क्षत्र नं १ का सभापति श्री राम देव पन्थले पेस गर्नु भएको उप सभापति भिम कुमार श्रेष्ट र सचिव श्री राजु वानीया समेत रहनु भएको २१ सदस्यीय क्षत्रीय समितिलाइ समर्थन गर्दै समितिमा थप घट गर्ने र समितिलाई आवस्यकता अनुसार पुनर गठन गर्ने अधिकार क्षत्रीय समितिका सभापतिलाई दिने निर्णय गरेको छ । त्यसैगरी समाज तनहुको क्षेत्र नं २ का सभापति श्री ईन्द्र पौडेलले पेस गर्नु भएको उप सभापति लेम वहादुर थापा र दिपेन्द्र सेन ठकुरी र सचिव मदन थापा समेत २१ सदस्यीय क्षेत्रीय समितिलाइ समर्थन गर्दै समितिमा थप घट गर्ने अधिकार दिइएको छ । समितिलाई आवस्यकता अनुसार पुनः गठन गर्ने अधिकार क्षत्रीय समितिका सभापतिलाई दिने निर्णय बैठकले गरेको छ ।
 

वी। पी। विचार समाज तनहु समाजको गाउँपालीका र नगरपालीका सभापतिहरुले पेस गरेको भएको निम्न गाउपालीका र नगरपालीक समितिलाइ समर्थन गर्दै समितिमा थप घट गर्ने र समितिलाई आवस्यकता अनुसार पुनर गठन गर्ने अधिकार गाउपालिका र नगरपालीका समितिका सभापतिलाई दिइएको छ । व्यास नगरपालीकामा सभापति इन्द्र वहादुर दरै, उप सभापतिकृष्ण प्रसाद भटराई र सचिव कृष्ण प्रसाद सोति समेत ,भानु नगर पालीकामा सभापति चिनु पोखरेल, उप सभापति उपेन्द्र विष्ट, सचिव ठाकुर अधिकारी समेतको शुक्ल गण्डकी नगर पालीकामा सभापति वाल कृष्ण पौडेल, उप सभापति तुल वहादुर गुरुङ, र सचिव भिमाद नगर पालीकामा सभापति कुल वहादुर थापा उप सभापति नगेन्द्र थापा, आवु गाउपालीका सभापति सोल वहादुर चितौरे मगर, उप सभापति पृतम गुरुङ, सचिव वावु राम श्रेष्ठ, वन्दिपुर गाउपालीका सभापति शुकुम लाल गुरुङ, उप सभापति रुद्र निधि नैनावस्ति, सचिव परमेश्वर भटराई ऋषिडङ गाउपालीका सभापति परशु राम गिरि, उप सभापति कमल भक्त पोखरेल, सचिव दुर्गा वहादुर थापा, म्याग्दे गाउपालीका मा सभापति जुक्त राज वाग्ले उप सभापति सन्देस अधिकारी सचिव घिरिङ गाउपालीका सभापति ऋिषिराम पोखरेल, उप सभापति लेम वहादुर थापा ,निलकण्ठभण्डारी सचिव रहनु भएको २१ सदस्यीय नगरपालीका गाउ पालीका समितिहरुको गठनलाई समर्थन गरेको छ ।
समाजको शनिवार सम्पन्न वैठकले वी पी विचार समाज तनहुको संगठनलाई मजवुद वनउन र कार्यक्रमहरुलाई प्रभावकारी वनाउन गाउ र नगर समितिहरुलाई कृयाशिल वनाउन सहयोग पु¥याउन क्षेत्र त्र नं १ मा जिल्ला कार्य समितिका सदस्य केसर वहादुर गुरुडङ, संयोजक र क्षत्रीय सभापति राम देव पन्थ , जिल्ला कार्य समितिका सदस्य शुकुम लाल गुरुडङ , जिल्ला कार्य समितिका सदस्य पृतम गुरुडङ, र सदस्यहरुमा परमेश्वर भटराई र कृष्ण प्रसाद भटराई चयन हुनुभएको छ ।
क्षेत्र नं २ मा समाजको वोषाध्यक्ष चिनु पोखरेल संयोजक र क्षेत्र नं २ मा समाजको सभापति ईन्द्र पौडेल , वाल कृष्ण पौडल तरलशी सिग्देल कुल वहादुर थापा चयन हनु भएको छ ।
सदस्यरहेको अनुगमन समिति वनाउने र अनुगमन समितिले आफनो कार्यक्रममा सम्वन्धित क्षेत्रका जिल्ला सदस्यहरुलाई समन्वय गरी कार्यक्रम वनाउन निर्देशन दिने निर्णय गरेको छ । वी। पी। विचार समाज तनुहुंको घासी कुवामा निर्माण भइरहेको भवनको रेखदेख र निर्माणमा सहणेग गर्न निम्न ३ जनाको भवन निर्माण समिति वनाउने निर्णय गरिएको छ । पर्शुराम गिरीको संयोजकमा चिनु पोखरेल, र रामदेव पन्तलाई सदस्यको जिम्मेवारी दिइएको छ । यहि २०७५ साल पौष १६ गते राष्टिय मेल मिलाप दिवस मनाउने निर्णय समेत बैठकले गरेको छ । जिल्ला समिति , क्षेत्रीय समिति र नगर तथा गाउसमितिका पदधिकारीतथा सदस्यहरुलाई प्रसिक्षण दिने निर्णय बैठकले गरेको समाजले जनाएको छ । वैठकले सवै गाउ र नगर समितिमा साधारण सदस्यहरुको भेला गर्ने निर्णय पनि गरेको छ ।

nema
Show More

Related Articles

Back to top button