breakingसमाचारविचारवी पी विचार

बालेन भन्छन् : इन्द्रजात्रा विश्वव्यापी बनाउन खोजेका छौं

२०७९ भदौ २२ गते

२२ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् ।

इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए ।

उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।

यस्तै उपमेयर सुनिता डंगोलले देशकै महत्वपूण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताएकी छिन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताइन् । उनले महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने समेत बताइन् ।

copied from online khabar

nema
Show More

Related Articles

Back to top button