breakingसंस्था गतिबिधीनेपाली कांग्रेस

सुदुरपश्चिमाञ्चल प्रदेशमा पनि बीपी विचार राष्ट्रिय समाजको अभियान तिब्र

१९ असार, काठमाडौ÷ नेपाली काँगे्रसभित्र बीपी कोइरालाको विचारको क्षय भएको भन्दै बीपी विचार राष्ट्रिय समाजले आफ्ना गतिविधि सात वटै प्रदेशमा जारी राखेको छ । पछिल्लो समय बीपी विचार राष्ट्रिय समाजले सुदुरपश्चिमाञ्चल प्रदेशमा पनि आफ्ना गतिविधिहरुमा तिब्रता दिएको छ । बीपी कोइरालाले प्रतिपादत गरेको सिद्धान्तहरु राष्ट्रियत, प्रजातन्त्र र समाजवादमा काँग्रेस विमुख भएको भन्दै अभियान सुरु गरिएको समाजका प्रदेश सुदुरपश्चिमाञ्चल प्रदेशका सभापति विरबहादुर हमालले जानकारी दिए । यसैबीच बीपी विचार डटकमले सो प्रदेशमा समाजले आफ्ना गतिविधि के कसरी अगाडी बढाएको छ भनेर सोधेका छौैँ ।

nema
Show More

Related Articles

Back to top button