समाजनेपाली कांग्रेस

सत्तापक्षलेनै सरकार गिराउँछन ः काँगे्रस नेता सुरेन्द्र पाण्डे

२६ पौष, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पूर्ण कार्यकालसम्म टिक्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा अहिलेको सतापक्षले नै सरकार गिराउने पाण्डेले बताए । सत्तापक्षकै सांसदहरु अहिलेको सरकारसँग रुष्ट रहेको नेता उनले दाबी गरेका हुन ।

कतिपय अनियमिततामा सरकार आफै साक्षी बसेको नेता पाण्डेको आरोप छ । निर्मला हत्याकाण्डको दोषीलाई अहिलेसम्म कारवाही गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताए ।

राष्ट्रियसभामा विपक्षी दलका नेतासमेत रहेका पाण्डेले डा। गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै स्वास्थ्य चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उल्लेख गरे ।

nema
Show More

Related Articles

Back to top button