breakingसमाचार

राष्ट्रपति भण्डारीद्धारा विवादित अध्यादेश खारेज

१२ बैशाख, काठमाडौैँ
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको रिफारिसमा राष्ट्रपति भण्डारीले आज नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यलयले जनाएको छ ।
 
यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका दुबै अध्यादेश वैशाख ८ गते सोमबार साँझ साढे ६ बजे जारी गर्नुभएको थियो । कोरोना संक्रमणको संकटसँग मुलुक लडिरहेको बेला दुबै अध्यादेशको औचित्य नभएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश आज बसेको मन्त्रिपरिषद बैठकबाट फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरुको आग्रहमा अध्यादेश फिर्ता लिएको बताउनुभएको छ । अध्यादेशबारे संक्षिप्त धारणा राख्दै प्रधानमन्त्री ओलीले अध्यादेशबाट हाललाई पछि हटेको बताउनुभएको हो ।

nema
Show More

Related Articles

Back to top button