समाचारसमाज

ललितपुरमा जनक शिक्षाको ट्रकले भ्यान किच्दा दुईजनाको मृत्यु

२२ चैत, काठमाडौं । ललितपुर धोविघाटमा शुक्रबार दुईवटा गाडी ठोक्किदा दुईजनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यान चालक र अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान चालक दोलखाका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा धारापानीकी ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि जाउलाखेलको अल्का टु अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइतेको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button