समाचारविश्व

भारतमा ‘टिक–टक’माथि प्रतिबन्ध

४ बैशाख, काठमाडौैँ÷ भारतले बहुचर्चित भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।
मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि मंगलबार रातिबाट टिकटकमाथि प्रतिबन्ध लागेको हो ।
सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ । भारतमा मंगलबारदेखिनै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ। । बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो ।

nema
Show More

Related Articles

Back to top button