breakingवी पी विचार

वीपी विचार राष्ट्रिय समाजको सातौैँ बार्षिक साधारणसभा सम्पन्न÷ ७ बुँदे काठमाडौैँ प्रतिवद्धता पत्र पारित

२० जेष्ठ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको साधारण सभा ७ बुँदे ‘काठमाडौैँ प्रतिवद्धता पत्र २०७६’ जारी गदै सम्पन्न भएको छ । २०७६ साल जेष्ठ १८ र १९ गते काठमाडौैँमा भएको साधारण सभाले ७ बुँदे प्रतिवद्धतापत्र पारित गरेको हो । बार्षिक साधारण सभा सम्पन्न गर्ने क्रममा भएका छलफल , वहस, र अन्तक्रियामा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय पदाधिकारीहरु, नेतागण एव्म प्रवुद्ध ब्यक्तित्वहरुले उठाउनुभएका विषयवस्तुहरुका अतिरिक्त जिल्ला तथा प्रदेशहरुबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि तथा सहभागीहरु र टिप्पणीकारहरुको रायसुझाव , सल्लाह र आग्रहलाई समेत हृदयङ्गम गदै राजनेता वीपी कोइरालाको विचार, आदर्श , नीति तथा सिद्धान्तहरुलाई वर्तमान सन्दर्भमा समयसापेक्ष बनाउँदै ब्यवहारिक ढंगले आम जनमानसमा पु¥याई नेपाली काँगे्रस पार्टीलाई सकल र सक्षम पार्टीका रुपमा स्थापित गराउने उदेश्यले देहायका प्रतिवद्धताहरु घोषणा गरिएको वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
प्रतिवद्धतापत्र यसप्रकार छ ।
१.नेपाल र नेपाली जनताका निमित्त राजनेता बी.पी कोइरालाद्धारा प्रतिपादित ‘राष्ट्रियता’ प्रजातन्त्र, र समाजवाद’को संरक्षण र संवद्धन गदै नेपाल र नेपाली जनताको बृहत्तर हित र संवृद्धिका लागि जनमानसमा पु¥याउने कार्यमा यो साधारण सभा प्रतिवद्धता जाहेर गर्दछ ।
२.नेपालको राजनीतिमा नेपाली काँगे्रसका संस्थापक राजनेता बी.पी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको दिशामा अग्रसर हुन समस्त काँगे्रसजनहरुलाई प्रेरित र प्रोत्साहित गर्ने कार्यमा समाज दृढता ब्यक्त गर्दछ ।
३.नेपाली काँगे्रसमा प्रजातान्त्रिक दर्शनको धरातललाई बिर्सिएर बी.पी विचार र चिन्तन , प्रजातान्त्रिक मूल्य , मान्यता र संस्कार विपरित गैह« प्रजातान्त्रिक विचार राख्ने समूहहरुसँग अवाञ्छनीय साँठगाँठ हुँदा पार्टीको स्थिति धुमिल हुँदै दुषित भएको अवस्थाको अन्त्य गर्न वैचारिक प्रचार—प्रसारको माध्यमबाट राजनीतिक स्वच्छता कायम गर्न समाज प्रतिवद्धता ब्यक्त गर्दछ ।
४.राजनेता बी.पी कोइरालाको शास्वत विचारलाई समय सापेक्ष ब्याख्या र प्रयोग गदै नेपाली जनताको राष्ट्रियता प्रतिको भावनालाई संरक्षण र जगेर्ना गर्ने, प्रजातन्त्रका आधारभुत स्तम्भ र संरचनाहरुलाई संरक्षण , संवद्धन र सुद्धृढ तुल्याउने कार्यमा समाजले दवाव समूहको रुपमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्दछ ।
५.देशको राष्ट्रिय राजनीतिमा उठेका समकालीन मुद्दा ः गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता र समाजवाद जस्ता विषयहरुमा जनभावना अनुरुप नेपाली काँगे्रसको साझा अवधारणा र दृष्टिकोण निर्माणमा समाजले सहयोग , समन्वय तथा प्रेरित गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
६.नेपाली काँगे्रसभित्र ब्याप्त गुट—उपगुटको विभाजित राजनीतिक अवस्थालाई अन्त्य गर्न वी.पी विचारलाई मुख्य आधारशीलाको रुपमा प्रयोग गदै पार्टीलाई वैचारिक रुपमा स्पष्ट बनाउनको निमित्त मर्यादित र जिम्मेवार नेतृत्व निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।
७.राजनेता वी.पी कोइरालाको विचार , सिद्धान्त , नीति र दृष्टिकोण सम्बन्धमा थप खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषणात्मक कार्य गर्न विद्यार्थी तथा प्राज्ञहरुलाई प्रोत्साहित गरिने प्रतिवद्धता ब्यक्त गर्दछ ।

nema
Show More

Related Articles

Back to top button