breakingसमाचारनेपाली कांग्रेस

सरकारले संविधानमाथिनै आक्रमण गरेको निवर्तमान प्रदेश प्रमुख कुँवरको आरोप

१८ कात्तिक, काठमाडौैँ÷ गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले सरकारले संवैधानिक ब्यवस्था माथिनै आक्रमण गरेको आरोप लगाएका छन् । सरकारले सात वटै प्रदेशका प्रमुखहरुलाई निलम्बन गर्ने निर्णय गर्नु गैह«संवैधानिक कदम भएको उनको दाबी छ । कानुन ब्यवसायी समेत रहेका कुँवरले संविधानलाई आफ्नो काबुमा लिनको लागि ब्यक्तिवादी चरित्र हावी हुँदै गरेको ठोकुवा गरे । राजधानी काठमाडौैँमा रहेको रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै उनले सरकारलेनै संविधानको उलंघन गर्नु विडम्वना भएको बताए । संविधानमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारको काम, कर्तब्य तथा अधिकारको स्पष्ट ब्यवस्था भएपनि सरकारले संविधानको पालना गर्न नसकेको उनको तर्क छ ।
राजनीतिक प्रतिसोधका कारण सरकारको सिफारिसमा प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्वन गर्नु दुःखत भएको उनको तर्क छ । यसले देश कसरी सञ्चालन हुँदै छ भन्ने एकिन भैसकेको उनले स्पष्ट पारे । यसअघि तत्कालिन शेरबहादुर देउवा सरकारले सात वटै प्रदेशमा मुख्य मन्त्रीको नियुक्त गरेको थियो । त्यतीबेलानै असन्तुष्ट रहेको नेकपा नेतृत्वले राजनीतिक पूर्वाग्रहकै कारण प्रदेश प्रमुखहरुलाई निलम्बन गरेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ ।

nema
Show More

Related Articles

Back to top button