breakingसमाचार

महरा काण्डमा बाबुराम भट्टराईको तिखो टिप्पणी

सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले अस्वाभाविक रुपमा २४ घण्टामै बयान बदल्नुका साथै पतिसँग सम्बन्धविच्छेद गर्ने सहमतिको घटनाप्रति समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको विचार सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटरमा सत्ताशक्तिको धाकमा शाहीलाई फकाएर या धम्क्याएर युटर्न गराइएको भन्दै नेकपाको चर्को आलोचना गरेका हुन् ।
नेता भट्टराईले ट्वीटरमा लेखेका छन्– सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने, भेद खुलेपछि ती स्त्रीलाई नै फकएररधम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने, परपुरूषगमन गरेबापत अर्को पुरूषरलोग्नेले घरनिकाला गर्ने, यो राम–रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म? यही हो महिलामुक्तिरसांस्कृतिक क्रान्ति, कणहरू ?

nema
Show More

Related Articles

Check Also
Close
Back to top button