breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको दशैं चियापान कात्तिक १६ गते

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसले दशैं, तिहार र छठको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम कात्तिक १६ गते गर्ने भएको छ । यसअघि कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन आयोजना गरेको उक्त कार्यक्रम एक हप्ता पछि सारिएको हो ।
पार्टीका नेता तथा पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पछि सारिएको हो । बाँस्तोलाको निधनको तेह्रौं दिनसम्म पार्टी विभिन्न शोकका कार्यक्रमको आयोजना गर्ने भएकोले उनीप्रति सम्मान प्रकट गर्दै शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको नेपाली काग्रेसले जनाएको छ ।

चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । उपत्यकाबाहेकका जिल्लाहरुमा पनि त्यसै दिन शुभकामना कार्यक्रम हुने कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।
nema
Show More

Related Articles

Back to top button