breakingसमाचार

नेपालमा संविधानसभाबाट संविधान जारी भएको तीन बर्ष पूरा

काठमाडौं । नेपालमा संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष पार गरेको छ ।
मुलुकको भविष्यबारे अन्योल भइरहेका बेला २०७२ साल असोज ३ गते संविधानसभाले जोखिम मोलेर नयाँ संविधान घोषणा जारी गरेको थियो ।
तर त्यसपछि संविधान कार्यान्वयनको क्रममा सहमति गरेर संविधान जारी गरेका दलहरुबीच नै एक मत हुन सकेन । तर, पनि विस्तारै संविधान कार्यान्वयन हुने बाटोमा अग्रसर भईरहेको छ ।
संविधानसभाका करीब ९० प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान अझै पनि सर्वसम्मत हुन सकेको छैन ।
संविधानप्रति असहमति जनाउँदै मधेश केन्द्रित दलहरुले सडक आन्दोलन मात्र गरेनन् नाकाबन्दी समेत गरे ।
तर, स्थानीय तहको निर्वाचन हुँदै संघीय र प्रदेशको चुनावसम्म आइपुग्दा असन्तुष्ट राजनीतिक दलहरु यही संविधानभित्रै रहेर निर्वाचनमा सहभागी भएका छन् ।
अहिले संविधान कार्यान्वयनको चरणमा छ । सोहीअनुसार मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई नयाँ संविधानअनुसार नै सरकारहरु गठन भएका छन् ।
असन्तुष्ट राजनीतिक दलहरु पनि यही संविधानलाई टेकेर सत्तामा पुगिसकेका छन् । संविधान कार्यान्वयनका लागि चाहिने कानुन संसद्बाट धमाधम बन्दै छन् ।
मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन बनि सकेका छन् । तर, अझै पनि धेरै कानुन बनाउनुपर्ने र संविधान कार्यान्वयनलाई सहज बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ ।

nema
Show More

Related Articles

Back to top button