समाचार

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

१८ असार, काठमाडौैँ÷ माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तालिका सार्वजनिक भएको छ । पूरक परीक्षा साउन २६ र २७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परिक्षार्थीहरुले पूरक परीक्षामा भाग लिन पाउने छन् ।

Show More

Related Articles

Back to top button