समाचार

मलाई झुक्याएर १२ बुँदे सम्झौतामा हस्ताक्ष्र गर्न लगाइयो ः नारायणमान बिजुक्छेँ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफूलाई झुक्याएर १२ बुँदे सम्झौतामा हस्ताक्षर गराइएको जिकिर गरेका छन् । योहो टेलिभिजनको एक कार्यक्रममा उनले उक्त कुराको खुलासा गरेका हुन् । आफूहरु सात दलीय मोर्चामा रहे पनि ठूला दल ९काँग्रेस, एमाले र तत्कालिन माओवादी०का नेताहरुले भित्रभित्रै दिल्लीमा गएर काम गरिरहेको छ भन्ने आफूहरुलाई थाहा नभएको उनको भनाई छ ।
बिरामी रहेका काँग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई भेट्न जाँदा दिल्लीबाट उनकै पार्टीका नेता कृष्णप्रसाद सिटौलाले फोन गरेको स्मरण गर्दै गिरिजालाई भेटेर फर्किएपछि मात्रै साना पार्टीलाई छोडेर मुख्यमुख्य पार्टीका नेताहरु दिल्लीमा पुगेको आफूलाई जानकारी भएको सुनाए । त्यसको केही दिनपछि जुम्लाबाट नेपालगञ्ज आउने क्रममा सिटौलाको आफूलाई फोन आएको र त्यस क्रममा सिटौलाले विश्वसनीय शक्ति ९भारत०को पहलमा विद्रोही माओवादीसहितको १२ बुँदे सम्झौता हुन लागेको बताएको र आफूले लिटरेचर नपढी केही निर्णय गरिहाल्न सक्दिन भनेर जवाफ दिएको बिजुक्छेंले सुनाए ।
सोही दिन होटलमा पुगेपछि माधव नेपालको फोन आएको र उनलाई पनि आफूले सोही जवाफ दिएको भन्दै उनले माधव नेपालको फोन गर्न नपाउँदै साथीहरुले फोन गरेर पत्रकार सम्मेलन नै गर्न लागेको र नेमकिपाबाहेक अरु दलहरुले १२ बुँदे सम्झौतामा सही गरिसकेको आफूलाई जानकारी दिएको बताए । बिजुक्छेंले सही नगर्दा सात दलीय मोर्चाबाट बाहिरिनुपर्ने बाध्यता भएकाले आफूले उक्त निर्णयमा पुगेको बताए । १२ बुँदेमा सही गर्नासाथै आफूहरुले पत्रकार सम्मेलन गरेर सम्झौताको विरोध गरेको बताउँदै उनले अरु पार्टीहरुलाई पनि बोलाएर ठूला पार्टीका नेताहरुले धोका दिएको बताएको सुनाए ।
नेता बिजुक्छेंले काठमाडौं आउँदा पनि १२ बुँदे सम्झौताको विरोध थियो भन्दै गिरिजाले आफूलाई विरोध नगर्न सम्झाएको स्मरण गरे । यदि तत्कालिन माओवादीसँग सम्झौता भएको भए दुई पक्षबीच यी कुराहरुमा सम्झौता भयो भनेर गर्नुपर्ने थियो, यो माओवादीसँगको सम्झौता नै होइन् भनेर आफूले आपत्ति जनाएको बताउँदै उनले पछि भारतको एउटा मन्त्रीले अरब देशमा गएर त्यो त हाम्रो मस्यौदा हो भनेपछि मात्रै सबै चुपचाप भएको बताए । भारतीय मन्त्रीले भन्नुअघि नारायणकाजी श्रेष्ठलगायतले आफूले १२ बुँदेको मस्यौदा तयार गरेको भन्दै क्रेडिट लिन तँछाडमछाड गरेको बिजुक्छेंले सम्झिए ।
१२ बुँदेमा देखिएका सबै बुख्याचा रहेको र यसको मुख्या डिजाइनर भारत नै भएको उनको जिकिर छ । साथै, बिजुक्छेंले तत्कालिन माओवादीका लडाकुलाई भारतले तयार गरेको उसैको सेना भएको समेत तर्क गरे । भारतले आफ्नो स्वार्थ पूरा गर्न माओवादीलाई प्रयोग गरेको उनको भनाई छ । स्वयम पुष्पकमल दाहाल प्रचण्डले नै आफ्ना सेनाबाट आफै सुरक्षित नभएको बताएको सुनाउँदै बिजुक्छेंले नारायणकाजी पनि भारतको खास मान्छे भएको आधार पेश गरे ।
साथै बिजुक्छेंले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कम्युनिष्ट नभएर भाई काँग्रेस भएको तर्क गरे । योहो टेलिभिजनको एक कार्यक्रममा उनले कम्युनिष्ट नभएकाले नेकपाको सरकारले मजदुर र कामदार बर्गको हित नगर्ने बताएका छन् । काँग्रेस र नेकपा दुवै विदेशी अर्थात दलाल पुँजीवादी पक्षभर भएको भन्दै बिजुक्छेंले पहिलेको काँग्रेसको ठाउँ अहिले नेकपाले लिएको बताएका छन् । नेकपाले आफ्नो नाममा कम्युनिष्ट राख्नु जरुरी नभए पनि जनतालाई छक्काउन सो शब्द राखेको उनको भनाई छ ।
बिजुक्छेंले नेपाली जनता गरिव र मेहनती भएकाले उनीहरुले कम्युनिष्ट मन पठाउने भन्दै उनीहरुको मत तान्न नेकपाले कम्युनिष्ट शब्द प्रयोग गरेको बताएका छन् । सँगसँगै उनले प्रमुख प्रतिपक्ष दलका नेताहरु झन खराब रहेको बताए । बिजुक्छेंले सत्ताधारी नेताहरुलाई ठिक ठाउँमा ल्याउनुपर्ने काँग्रेसले केही नगर्नुका कारण उसले पनि सत्तामा भाग खाएकाले हो भन्दै शेरबहादुर देउवाले राजदूति नियुक्तिदेखि न्यायाधीस नियुक्तिसम्म भाग लिएको उदाहरण दिए । लोभ नगर्दा मात्रै प्रमुख प्रतिपक्षले लड्नसक्ने उनको तर्क छ ।
@ corporatenepal.com बाट साभार गरिएको 

nema
Show More

Related Articles

Back to top button