समाचारनेपाली कांग्रेस

ओली सरकारले ‘राष्ट्रघात’ गरेको भन्दै नेविसंघ प्रदर्शनमा उत्रियो ।

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै मंगलवार काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो ।
भारतीय प्रधानमन्त्री मोदीको समाचार संकलनमा नेपाली सञ्चारमाध्यमलाई रोक लगाएकोमा पनि नेवी संघले विरोध जनाएको छ ।
भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले आपत्ति जनाए ।
नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप उनीहरुले लगाए ।
नेपाल विद्यार्थी संघले राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप बिद्यार्थीका लागि अमान्य हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ । प्रदर्शनका कारण यातायात व्यवस्थापन प्रभावित भएको थियो ।
उनीहरुले भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग गरेका छन ।

nema
Show More

Related Articles

Back to top button