breakingसमाचारनेपाली कांग्रेस

प्रश्न उठाउँदैमा कारबाही गर्दै गए पार्टीनै सकिने जोशीको चेतावनी

तनहुँ÷ नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टी बिग्रन नदिन बाध्य भएर संघर्षमा उत्रनुपरेको दाबी गरेका छन । दमौलीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वको व्यवहारबाट विक्षिप्त नेता कार्यकर्ताको आवाजलाई आफूले मुखरित गरेको जिकिर गरे ।

पत्रकार सम्मेलनमा माघ ८ गतेका लागि तय गरिएको विशेष अधिवेशन आयोजनाको औचित्य पुष्टि गर्न अधिकांश समय खर्चिएका नेता जोशीले नेतृत्वप्रति प्रश्न उठाउँदैमा सबै नेता कार्यकर्तामाथि कारबाही गर्दै गए पार्टी नै सकिने चेतावनी दिए ।

वर्तमान नेतृत्वलाई एकपक्षीय भन्दै पार्टी सही ढंगबाट अघि बढ्न नसक्ने नेता कार्यकर्ताको निष्कर्ष आएपछि पार्टीभित्रै संघर्ष गर्नु आफ्नो बाध्यता रहेको जोशीले सुनाए ।

अब आत्मसमर्पण गरेर कांग्रेस छाड्ने वा संघर्ष गर्ने विकल्प रहेको भन्दै उनले आफूहरु दोश्रो विकल्प रोजेको बताए । उनले वर्तमान कार्य समितिको विघटन गरेर सबैको भावना समेट्ने गरी नयाँ समिति गठन हुने अवस्था नआउँदासम्म पार्टी संगठन बलियो नहुने टिप्पणी गरे । विगतमा पार्टी स्थापनादेखि नै आफूले हरेक पटक पार्टी र नेता रामचन्द्र पौडेलको सहजताका लागि क्षेत्र बदल्नेदेखि हरेक कुरामा चुप लागेर बसे पनि अहिले कार्यकर्ताकै अपमान भएपछि पार्टीकै लागि संघर्षको बाटो लिएको नेता जोशीले दाबी गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button