समाचार

प्रहरीको कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की घाइते

२२ असार, काठमाडौैँ÷ नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । सिन्धुलीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालले होटलमा बसिरहेका आफूहरुको भिडियो प्रहरी हवल्दार सनमसिंह लामा र प्रहरी जवान विकास स्याङतानले खिच्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा कुटपिटमा उत्रिएको बताए । नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button